राजतन्त्रका पक्षमा जुर्मुरायो राजधानी


काठमाडौं– राजसंस्था र हिन्दू धर्म सापेक्षताको नारासहित राजधानीमा शनिबार विशाल प्रदर्शन भएको छ।

झाँकीसहितको प्रदर्शनमा राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्नेलगायतका नारा लगाइएको छ।

राष्ट्रिय नागरिक आन्दोलनको व्यानरमा माइतिघरमा भएको प्रदर्शनमा हजारौं नागरिकले राष्ट्रिय झन्डासहित उपस्थिति जनाएका थिए।

केही सातादेखि राजतन्त्रका पक्षमा देशव्यापी रुपमा प्रदर्शन जारी छन्। शनिबारै राप्रपाको आयोजनामा झापामा पनि विशाल सभा गरिएको छ।

प्रतिक्रिया