३५ तस्बिरमा हेर्नुहोस् माल्दिभ्समा नेपाली फुटबल खेलाडीको दसैं


काठमाडौं – साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमका सदस्यहरूले माल्दिभ्समै टीका लगाएर दसैं मनाएका छन्।

नेपालीहरुको महान चाडको रुपमा लिइएको पर्व दसैंमा नेपालीहरुले आफन्त र परिवारसँग दशैं मनाइरहेका बेला उनीहरुले टिमका साथ दसैंको टिका र जमरा लगाएका हुन्।

नेपाली खेलाडी, प्रशिक्षक तथा अफिसियललाई टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले टिका र जमरा लगाइदिएका थिए।

यसका साथै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि उपाध्यायले टीका र जमरासँगै ढाका टोपीसमेत लगाइदिएका थिए। उनीहरुले बसेको होटलमै दसैं मनाएका हुन्।

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपालले आइतबार अर्थात भोलि उपाधिका लागि भारतविरूद्ध फाइनल खेल खेल्दैछ।

(तस्बिरहरु: एन्फा)

प्रतिक्रिया