ठमेलको ‘सेक्स बार्गेनिङ’

मसाज सेन्टर पनि यौनअखडा, प्रहरी प्रशासन मौन


सांकेतिक तस्बिर

रत्नपार्क–वीर अस्पताल आसपास क्षेत्रमा हुने ‘सेक्स बार्गेनिङ’को विसंगतीबारे हामीले यसअघि नै समाचार प्रकाशित गरिसकेका छौं। त्यसको एक हप्तापछि १५ असोज (शुक्रबार)को दिन थियो। हल्का जाडो थियो।

केशरमल चोकबाट ठमेल जाँदै थिए। म सँगै अन्य तीनजना साथीहरु पनि थिए। त्यतिबेला करिब साँझको १० बजिसकेको थियो। शुक्रबारको दिन भएर पनि होला – बाटोमा मान्छेहरुको भीड थियो।

केशरमल चोकदेखि सञ्चय कोषसम्मको दूरी ३०० मिटर छ। त्यति छोटो दूरीमा पनि उक्त समय सडकमा सयौंको संख्यामा मान्छेहरु थिए। तर, सबै आ–आफ्नै सुरमा थिए।

कोही समूहमा बसेर गफ चुट्दै थिए, कोही जोडी–जोडी बसेर आफ्नै काममा व्यस्त थिए त कोही भने अरुको गतिविधि नियाल्दै बसेका थिए। हामी पनि एकछिन त्यहाँको गतिविधि नियाल्न थाल्यौं।

राम्रोसँग अरुको गतिविधि नियाल्न नभ्याउँदै २–३ जनाको समूहमा केटीहरु हामी नजिक आए र सोधे ‘जानी हो।’ उनीहरुको कुरा सुनेपनि नकराई चुपचाप बस्यौं।

हामी नबोलेपछि उनीहरु झन हामीलाई समाउँदै बोल्न आए।

म झसङ्ग भए। बोल्ने बहानामा ठमेलमा राती हिँड्ने केटीहरुले लुट्नछन् भन्ने कुरा पनि थाहा थियो। त्यसैले हामी सर्तक पनि थियौं।

हाम्रो ठमेल पुग्नुको मुख्य उद्देश्य थियो – त्यहाँको गतिविधि बुझेर ‘रिपोर्टिङ’ गर्ने।

उनीहरु आफै आएर हामीसँग बार्गेनिङ गर्न थालेपछि हामीलाई झनै सजिलो भयो। उनीहरुको मात्रै एउटा ढिपी थियो – जाम हिँड्नुस् ‘फुल इन्जोय’ गराइदिन्छु।

हामी थप कुरा उनीहरुसँग फुत्काउन प्रयासमा थियौ।

त्यसपछि उक्त समूहमध्येकी एक जनालाई अलि यता बोलाएर सोध्न थाल्यौं।

कतिमा जाने?

२५ सय दिनुस्।

२५ सयबाट सुुरु भएको मोल अन्तमा ५ सय आएर मिल्यो।

पछि फेरि सोधें – एकदिनमा कति जना ग्राहकसँग बस्नुहुन्छ?

भाग्यको कुरा हो। भाग्यमा लेखेको छ भने त दिनमा ८/९ जनासँग बस्न पाइन्छ।

यसरी नै संवाद चलिरहेको थियो अचानक प्रहरीको भ्यान ‘साइरन’ बजाउँदै आइपुग्यो। उनीहरु तत्कालै भागे र कुन गल्लीमा पो छिरे?

यसरी ठमेल सधैं एउटा यौनअखडाको रुपमा परिचित छ। जुन ठाउँलाई राज्यले यस्ता घटनाप्रति चासो देखाएर व्यवस्थापन गर्नतिर लाग्नुपर्ने हो। तर, राज्यबाट ठमेललाई व्यवस्थापन गर्नेतर्फ केही सोचेको छैन।

मसाजको नाममा पनि यौनधन्दा!
पर्यटकलाई चाहिने सबैजसो सेवासुविधा ठमेलमा छ। त्यसो त नेपालीहरूका लागि पनि ठमेल मुख्य गन्तव्य नै हो।

ठमेल भन्नेवित्तिकै मसाज सेन्टरको कुरा आउँछ। यहाँ घरैपिच्छेजस्तो मसाज सेन्टर छन्। ठमेलमा बग्रेल्ती खुलेका मसाज सेन्टरभित्र मसाजमात्रै हुँदैन, यौन धन्दा पनि हुन्छ।

साँझपख ठमेल छिर्नुभयो भने तपाईं चोक–चोकमा मसाजका लागि ग्राहक खोज्ने दलाल भेट्नुहुन्छ। उनीहरूले ‘होटल चाहिन्छ? मसाज गर्न जाने हो?’ भन्दै ग्राहक बटुल्छन्। मानौं उनीहरू मसाज सेन्टरमा ग्राहक पुर्याउने दलाल हुन्।

प्रहरी किन मौन ?
ठमेल महानगरीय प्रहरी वृत्त लैनचौर र दरबारमार्ग मातहत पर्छ। ठमेलमा त्यस्ता गतिविधि हुन्छ भनेर प्रहरी पनि जानकार नै छ। तर, पनि किन मौन छ?

किन सधैं यस्ता क्रियाकलाप हुने ठाउँहरुबाट प्रहरी टाढा रहन्छ। बेला–बेला अनेक बहाना लिएर अभियान सञ्चालन गरेपनि कहिले पनि पूर्ण रुपमा यस्ता गतिविधि रोक्न प्रहरीले कुनै चासो दिएको छैन्।

दिनभरको तनाव र झै–झमेलाबाट उन्मुक्त भएर क्षणभरको लागि रमाइलो गर्ने बहानामा मसाज सेन्टरमा युवकहरुको भीड लाग्ने गरेको एक मसाज सेन्टरकी सञ्चालिक बताउँछिन्।

प्रतिक्रिया