रत्नपार्कको ‘सेक्स बार्गेनिङ’

‘नयाँ केटी देख्न हुँदैन, जाने हो भन्छन्’


सांकेतिक तस्बिर

काठमाडौं– असोज ८ गते। शुक्रबारको दिन। नजिकिँदै गरेको दसैंको माहोलले खुसी छाएको समय। जतिबेला साँझको ठीक ७ः१० बजेको थियो। वीर अस्पताल अगाडि फुटपाथमा मेला लागेजस्तै मानिसको भीड थियो।

एकजना अन्दाजी ३० वर्षीय युवक त्यो मानिसहरूको भीडमा देखिने दृश्यका विभिन्न गतिविधि नियालिरहेको थियो। भीडमा विभिन्न झुन्डहरु थिए।

तीमध्ये एक झुन्डमा तीनजना पुरुष र एक महिला कुराकानीमा मस्त थिए। गुलाबी बुट्टेदार कुर्ता सलवारमा सजिएकी ती गोरो वर्णकी महिला हदै भए २० देखि २५ वर्षकी होलिन्।

तर, ती महिला भन्दै थिइन्, ‘२५ सयबिना मरे जान्न।’

पुरुषहरु भन्दै थिए, ‘पाँचमा कुरा मिलाऊ न।’ तिमीलाई पनि चाहिले हामीलाई पनि।

आफूले भनेजस्तो मूल्य नपाएपछि महिला ओठ लेप्य्राउँदै अलग्गिइन्।

फरि अर्को एउटा त्यस्तै दृश्य आँखा अगाडि पर्यो। त्यो दृश्य अलि अनौठो थियो।

निख्खर रातो रङको कुर्ता सलवार लगाएर बसेकी महिलासँग एक वृद्धा कुरा मिलाउँदै थिइन्। ती वृद्धा आमा समान थिइन्।

‘उमेरका ६० कटेकी पनि ग्राहक खोज्न आउँदा रहेछन्’ भन्ने लाग्यो।

वास्तविकता बुझ्न ती दुई छेउ पुग्दा थाहा भयो, ती वृद्धा ग्राहक खोज्नै आए पनि आफ्नो लागि भने होइन।

‘मेरो राम्रो भाइ छ’ ग्राहकलाई फकाउने भावमा वृद्धा भन्दै थिइन्, ‘भाइले खोजेजस्तै र राम्री भनेको तिमी नै हो।’ हामीलाई पनि थाहा भयो, कमिसनका लागि सडकमा लाग्ने यौनबजारमा वृद्धाहरू पनि आउँदा रहेछन्।

भनिरहनु नपर्ला, राजधानीको परिचित र व्यस्त ठाउँ हो– रत्नपार्क–वीर अस्पताल अगाडिको क्षेत्र। यसो वीर अस्पताल नै नेपालको पुरानो अस्पताल हो। जसले पनि नाम पक्कै सुनेको हुनुपर्छ।

त्यहाँ खुलेआम ‘सेक्स बार्गेनिङ’ हुन्छ। पहिला पार्कभित्र हुन्थ्यो भने अहिले ‘बाहिरै’ भइरहेको हुन्छ। रत्नपार्क क्षेत्र अहिले ‘सदाबहार सेक्स स्पट’का रुपमा परिचित हुँदैछ।

‘नयाँ केटी देख्न हुँदैन, जाने हो भन्छन्’

रत्नपार्क क्षेत्रमा जो कोही पुगेका छन्। कोही काम विशेषले पुग्छन् भने कोही यत्तिकै। कोही सेक्स खोज्दै पुग्छन् भने कोही सेक्स बिक्री गर्न।

वीर अस्पताल नजिकै फार्मेसी सञ्चालन गर्दै आएका एक सञ्चालकका अनुसार ‘नयाँ–नौलो केटी यहाँ देख्नै हुँदैन, ‘जाने हो?’ भनेर सोधिहाल्छन्न्।

ती सञ्चालक भन्छन्, ‘दिउँसोभन्दा पनि बेलुका यहाँ तमासा हुन्छ। एकछिन यहाँ बस्नुभयो भने रत्नपार्क क्षेत्रको यस्तो गतिविधि देखेर नर्भस हुनुहुन्छ।’

उक्त क्षेत्रमा काम विशेषले हिँड्ने महिलाहरु यस्ता कुराहरुबाट सजग हुन जरुरी छ। यदी कोही कसैले त्यसो भनेमा सिधै प्रहरीलाई खबर गर्न प्रहरीको आग्रह छ।

प्रतिक्रिया