अमेरिकामा घुम्ती कन्सुलर शिविर सञ्चालन गर्दै नेपाली दूतावास


क्यारोलिना – अमेरिकास्थित नेपाली राजदूतावासले विभिन्न राज्यमा घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने भएको छ । दूतावासले नर्थ क्यारोलिना र फ्लोरिडा राज्यमा शिविर सञ्चालन गर्न लागेको हो ।

दूतावासका अनुसार अक्टोबर २९ र ३० तारिखमा नर्थ क्यारोलिना र नोभेम्बर १ र २ तारिखमा फ्लोरिडा राज्यमा शिविर हुनेछ । उक्त शिविरबाट सेवाग्राहीले राहदानी नवीकरण गराउन सक्नेछन् । त्यसमा अक्टोबर २०२२ सम्म बहाल अवधी रहेकाहरूले राहदानी नवीकरण गराउन सक्ने दूतावासले जनाएको छ ।

त्यस्तै गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकफर्ती यात्रा अनुमतिपत्र, पर्यटक भिसा लगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ ।यसका लागि सेवाग्राहीले आवश्यक पर्ने कागजात तथा शुल्कबारे दूतावासको वेबसाइटमार्फत जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया