सुख्खा पहिरोले कर्णाली नदी थुनियो, पानीको सहत आधा घट्यो


सुर्खेत – सुख्खा पहिरोकाकारण कर्णाली नदी थुनिएको छ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ जुङ्डीबाट आएको सुख्खा पहिरोका कारण नदी थुनिएको हो।

सोमबार विहानै आएको सुखा पहिरोका कारण बाजुराको जगन्नाथ गाउँपालिका र स्वामिकात्तिक खापर गाउँपालिको बीचमा झण्डै एक किलोमिटर क्षेत्रमा नदी ताल बनेको प्रहरीले जनाएको छ।

पहिरो आएपछि नदीको आधा मात्रै पानी बग्न पाएको उनले जनाए। पहिरो अहिले पनि रोकिएको छैन। पहिरो रोकिन वित्तिकै पानी थुनिएको नदी खुल्ने उनको भनाई छ।

पहिरोले नदी थुनिएपछि पानीको सहत आधा घटेको छ। नदी पहिलेकै अवस्थामा नआउँदासम्म कालीकोट, दैलेख र सुर्खेतको तटिय क्षेत्रका स्थानीयले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया