चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुन्नँ : निगम


काठमाडौं – नेपाल आयल निगमले चाडपर्वको बेलामा पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ।

सोमबार एक सूचना जारी गर्दै निगमले निगमका डिपोहरु आवश्यकताका आधारमा खुला रहने भन्दै सो जानकारी गराएको हो।

‘दशैं, तिहार, नेपाल सम्वत एवंम छठ पर्वजस्ता चाडपर्वको अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपोहरु स्थानीय आवश्यकताको आधारमा खुला रहने व्यहोरा सबैमा जानकारी गराउँछौं’ निगमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया