अब काभ्रेको पनौतीमा पनि मुक्तिनाथ मन्दिर


काभ्रे – पनौती-५ बाँसघारीमा मुक्तिनाथ मन्दिर स्थापना गरिएको छ ।

सोमबार प्राणप्रतिष्ठा गरेर दर्शनार्थीको लागि खुला गरिएको छ । मुक्तिनाथ पीठाधीश्वरको स्वामी कमलनयनाचार्यले हिन्दू विधि अनुसार उद्धघाटन गरेका हुन् ।

मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरकै जस्तो पूजा विधि, विधान गर्ने गरी कमलनयनाचार्यकै अनुमतिमा मन्दिर स्थापना गरेको निर्माण समितिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिए । थापाका अनुसार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा नै बसेर पूजा लगायत विधि सिकेर आएका आचार्य उर्त्तीण पूजारीले दैनिक पूजाअर्चना, भोग, आदि गर्नेछन् ।

मुक्तिनाथ मन्दिरमै पुगेर दर्शन गर्न नसक्ने अशक्त, वृद्ध लगायत अन्य भक्तजनहरुलाई लक्षित गर्दै मुक्तिनाथ बाबाकै सल्लाहमा मन्दिर स्थापना गरिएको उनले जानकारी दिए । २०७४ असोज ४ मा शीलान्यास भएको मन्दिर ४ वर्षमा निर्माण सम्पन्न भएको हो ।

 

प्रतिक्रिया