एसपीको नाम भजाएर ट्रयाक्टर व्यवसायीसँग घुस माग्ने घुमुवा प्रहरी कारबाहीमा


दाङ – गिट्टी ओसार्न दिने सर्तमा ट्रयाक्टर व्यवसायीसँग एक लाख बढी घुस खाएको उजुरीपछि तुलसीपुर क्षेत्रमा कार्यरत सबै घुमुवा (साधा पोशाकका प्रहरी) फेरि जिल्ला तानिएका छन्।

बालुवा, गिट्टी ओसार्न दिने सर्तमा ट्रयाक्टर व्यवसायीसँग प्रति ट्याक्टर ३०/३० हजारको दरले घुस खाएको उजुरी एसपीसमक्ष आएपछि कडाइरुपमा प्रस्तुत हुँदै सो क्षेत्रमा कार्यरत ३ जना सादा पोशाकका प्रहरीहरु देबेन्द्र मल्ल, कर्ण वली र जमान खड्का कार्वाहीको लागि तानिएका हुन्।

ट्रयाक्टर व्यवसायीबाट बालुवा गिट्टीको अबैध तस्करी गर्ने दिने सर्तमा केही घुमुवा प्रहरीले एसपी सुरेश काफ्लेको नाम बेचेर पैसा असुलेपछि उनीहरु कारबाहीमा उत्रिएका हुन परेका हुन्। एसपीको नाम गलत ढंगले भजाएर रकम असुलेको व्यवसायीको मौखिक गुनासोको आधारमा उनीहरुमाथि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङमा तानिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

स्रोतका अनुसार उनीहरुले ट्रयाक्टर व्यवसायीबाट बालुवा गिट्टीको अवैध तस्करी गर्ने दिने सर्तमा केही घुमुवा प्रहरीले एकलाख बढी असुलेका थिए।

उनीहरुविरुद्ध कसुर पुष्टि भए विभागिय कारबाहीदेखि जागिरबाटै निकाल्ने सम्मको कारबाही हुन सक्ने सम्भावना रहेको छ।

तुलसीपुर क्षेत्रबाट यसअघि पनि सर्वसाधारणको गुनासोको आधारमा घुमुवा प्रहरीलाई जिल्ला तानेर विभागिय कारबाही गरिएको दाङका एक प्रहरी अधिकारीले जानकारी दिए।

नयाँ प्रहरी प्रमुखको रुपमा एसपी काफ्ले जिल्लामा आएपछि गलत काम गर्नेहरुलाई धमाधम कारबाही सुरु गरिएको ती प्रहरी अधिकारीले बताए। एसपी काफ्ले जिल्ला आएदेखि प्रहरीभित्र कानुन विपरितका गलत काम गर्ने जो कोही पनि कार्वाही गर्ने गरेका छन्।

प्रतिक्रिया