साफ च्याम्पियनसिपः माल्दिभ्सको पहिलो जित, भारत र श्रीलंका बराबरीमा


काठमाडौं – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आयोजक माल्दिभ्सले पहिलो जित निकालेको छ । राजधानी मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति बंगलादेशलाई २–० गोलले हराउँदै माल्दिभ्सले पहिलो जित निकालेको हो ।

त्यस्तै बिहीबार नै सम्पन्न पहिलो खेलमा भारत र श्रीलंकाबीचको खेल बराबरीमा सकिएको छ ।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक एक गोल गरे । जितसँगै माल्दिभ्स २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै पहिलो खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो । भारतको यो लगातार दोस्रो बराबरी हो । यस बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ । श्रीलंकाको यो पहिलो एक अंक हो । श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ ।

भारत बराबरीमा रोकिँदा नेपाललाई भने फाईदा भएको छ । नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल फाइनल नजिक रहेको छ ।

 

प्रतिक्रिया