साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित


काठमाडौं — नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भारतसँग पराजित भएको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा केही सुनौला अवसर बनाए पनि गोल गर्न सकेन । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ । यससँगै भारतले फाइनल प्रवेशको सम्भावना कायम राखेको छ । भारत यसअघि श्रीलंका र बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।

नेपालले ३ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया