प्रधानन्यायाधीश जबराले बोलाए न्यायाधीशहरूको पूर्ण बैठक


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

‘आज उनले नियमित बैठक नै बोलाएका हुन्‚’ उनले भने‚ ‘दशैं बिदाको समयमा कसरी मुद्दाहरूमाथि सुनुवाई गर्ने भन्ने विषयमा छलफलको एजेण्डा मात्रै हो ।’

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा आफ्नो कोटाबाट पनि मन्त्री बनाउनुपर्ने माग राखेको कुरा चर्चा छ । तर, सर्वोच्च अदालतले सोमबार नै विज्ञप्ति जारी गरेर खण्डन गरिसकेको छ ।

प्रतिक्रिया