पछिल्लो २४ घण्टामा १०३० जनामा कोरोना पुष्टी, १० को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०३० जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ८७४ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ७ लाख ७० हजार २ सय २४ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ७४ पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेको अवस्थामा १६ हजार ६ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया