क्रिकेट हेर्न कीर्तिपुर पुगिन् अभिनेत्री मनिषा (फोटोफिचर)


काठमाडौं – मनिषा कोइराला काठमाडौंमा जारी रहेको चौथो एभरेष्ट प्रिमियर लिग (इपीएल) को आजको प्रतियोगिताको खेल हेर्न पुगेकी छिन् ।

आज (सोमबार) जारी रहेको पोखरा राइनोज् र काठमाडौं किंग्स–११ बीचको खेल हेर्न मनिषा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेकी हुन् ।

उक्त अवसरमा मनिषाले नेपालले  पछिल्लो समयमा क्रिकेट, फुटबल लगायत अन्य खेलहरुबाट विश्वसामू चिनिइरहेको बताइन् ।

आजको खेलमा काठमाडौंले पहिले ब्याटिङ गर्दै १ सय ८२ रन बनाएको छ । अहिलेको ताजा अवस्थामा पोखराले १८३ रन पछ्याउने क्रममा ४१ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।

 

प्रतिक्रिया