यी हुन् माओवादीले पठाउने चार मन्त्री, एक राज्यमन्त्रीमा पनि दाबी


काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारमा आफ्ना भागमा रहेको चार वटा मन्त्रालयमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने भएको छ।

स्थायी कमिटी बैठकमा मन्त्रीबारे छलफल भएको थियो। प्रादेशिक प्रतिनिधित्वका हिसामा माओवादीले मन्त्री पठाउन लागेको छ।

उच्च स्रोतका अनुसार अहिले सरकारमा रहेका दुई मन्त्रीमा जनार्दन शर्मा प्रभाकर अर्थमा छन्। उनी कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छन्।

उर्जामन्त्री पम्फा भुसाल भने बागमती प्रदेशबाट प्रतिनिधित्व गर्छिन्।

अब चार जना मन्त्रीहरू भने देवेन्द्र पौडेल, हरि चौधरी, सुदन किराँती छन्। प्रदेश २ बाट एक जना मन्त्री हुनेछन्।

पौडेल गण्डकी, चौधरी सुदूरपश्चिम र किराँती १ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्छन्।

‘अहिलेको प्रस्तावित नाम यीनै हुन्। कुनै पनि अप्ठेरो नपरेमा यहि नाम सदर हुनेछ’, स्रोतले भन्यो,‘स्थायी समितिले अनुमोदन गरेपछि प्रधानमन्त्रीलाई नाम सिफारिस हुनेछ।’

प्रतिक्रिया