विभिन्न स्थानमा डुबेर ३ जनाको मृत्यु     


काठमाडौं – भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-८ बोडेस्थित कमलपोखरीमा डुबेर सोही ठाउँ पाटीमा बस्ने खोटाङ जन्तेढुंगा गाउँपालिका घर भएका २६ वर्षीय रमेश खड्काको छोरा ६ वर्षीय रोसन खड्काको मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहा, बरियापट्टी गाउँपालिका-४ तेनुवापट्टी बस्ने रबिन कुमार यादवकी छोरी १८ महिनाकी प्रिन्सा कुमारी यादवको आफ्नै घर नजिक खेतमा जमेको पानीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

बारा, सिम्रौनगढ नगरपालिका-१ ढाँटटोल बस्ने जितन मुखियाकी छोरी ६  वर्षीया सुमन कुमारीको डुबेर बुधबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी उनको उपचारको लागि नगर अस्पताल सिम्रौनगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया