पछिल्लो २४ घण्टामा ८३४ मा कोरोना पुष्टी, ९ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७३६ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२७९ जना कोरोनाबाट मुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ ।

त्यस्तै अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ सय रहेका छन् ।

प्रतिक्रिया