
१७ केजी अवैध लागूऔषध गाँजा सहित १ जना पक्राउ
मोरङ – बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५ बर्षीया आरती देवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।



कागजपत्र |
