एकीकृत समाजवादीको बैठक आज पनि बस्दै


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दै छ ।

हिजो (मंगलबार) देखि बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा प्रस्तुत ५ वटा प्रस्तावमाथि छलफल हुँदै छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाका अनुसार गत सोमबारको बैठकमा राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटी विस्तार, अस्थायी कार्ययोजना, चुनाव चिह्न प्रस्ताव र समसामयिक प्रस्ताव पेस गरिएको छ ।

अध्यक्ष माधव नेपालद्वारा प्रस्तुत उक्त प्रस्तावमाथि ५ वटा समूहमा आज (बुधबार) छलफल हुने बताएका छन् ।

 

प्रतिक्रिया