४० किलो चाँदीसहित एक व्यक्ति पक्राउ


रौतहट – रौतहटमा ४० किलो चाँदीसहित एकजना पक्राउ परेका छन्। मंगलबार बिहान गौर नगरपालिकास्थित बसपार्कमा रहेको अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा किलो चाँदीसहित पक्राउ गरेको हो।

पक्राउ पर्ने सर्लाहीको मलंगवा नगरपालिका– २ बस्ने वर्ष ३५ को विद्यानन्द साह सोनार रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सोनार कालो रंगको झोलामा कार्टुनभित्र सिलबन्दी गरिएको सेतो रंगको प्लास्टिकभित्र उक्त चाँदी लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका हुन्।

उनलाई बरामद भएको चाँदीसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया