प्रधानमन्त्री देउवाको सन्देश लिएर मन्त्री पुगे ओलीनिवास बालकोट


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका छन्। एमालेले पछिल्लो केही समययता संसद अवरोध गर्दै आइरहेको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउने पहल गर्नका लागि कार्की प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर ओलीलाई भेट्न बालकोट गएका हुन्।

भेटमा मन्त्री कार्कीले ओलीलाई संसद अवरोध खुलाउन आग्रह गर्ने जानकारी दिएका छन्। अर्को बैठक आउँदो सोमबारका लागि बोलाइएको छ। उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने देखेपछि प्रधानमन्त्री देउवाको आग्रहमा कार्की ओलीलाई भेट्न पुगेका हुन्।

संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ। सरकारी खर्च नै बन्द भएपछि सरकारको आलोचना भइरहेका बेला देउवा प्रतिपक्षलाई फकाउने प्रयत्नमा छन्।

प्रतिक्रिया