

सिरहामा आफ्नै कोठाभित्र मृत भेटिइन् एक युवती

काठमाडौं – उदयपुरकी एक युवती सिरहाको लहानमा मृत भेटिएकी छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराकी २१ वर्षीया करिस्मा चौधरी आफ्नै कोठाभित्र मृत भेटिएकी हुन्।
लहानस्थित एक कपडा पसलमा काम गर्दै आएकी करिस्मा कोठाको बाहिरबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यलाय लहानले जनाए छ।
मृतक युवतीकी मामाको छोरा राजेश चौधरीका अनुसार दिउँसोदेखि साँझसम्म कोठाबाट बाहिर ननिस्किएपछि घरबेटीले उठाउन खोज्दा मृत अवस्थामा फेला पारेका थिए।
यो हत्या भएको बताएका छन्। इलाका प्रहरी लहानका अनुसार मृतको घाँटीमा डोरीले बाँधेको डाम, रगत, टाउकोमा पनि चोट देखिएको छ।
त्यस्तै चुकुल बाहिरबाट लगाइएको अवस्थामा भेटिनुले झन शंका उब्जाएको भन्दै सतथ्तथ्य छानबिन गर्न परिवारको माग छ।यता प्रहरीले अनुसन्धानको लागि एक जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीकाअनुसार हत्या वा अत्म हत्या भन्ने पोस्टमार्टमपछि मात्र थाहा हुने बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले मृतकको मोबाइलबाट मृतकले आफ्नो बुबालाई सम्बोधन गर्दै भनेकी छन्, ‘बुवा म राम्रो छोरी बन्न सकिन्न, त्यसैले म मर्न चाहन्छु। मेरो मृत्युको कारण म आफैं हो।’
मोबाइलमा रकेर्ड गरेको भिडियो फेला पारेको प्रहरीले जनाएको छ।

