इंग्लिस प्रिमियर लिगः एभर्टन विजयी


काठमाडाैं – इंग्लिस प्रिमियर लिग फूटबलमा एभर्टन विजयी भएको छ । प्रिमियर लिग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा एभर्टनले बर्नलीलाई ३-१ गोलले हराएको हो ।

एभर्टनको घरेलु मैदान गुडसिन पार्कमा बर्नलीले ५३औं मिनेटमा बेन मिको गोलबाट अग्रता लिएको थियो । तर त्यसपछि एभर्टनले लगातार तीन गोल थपेको थियो ।

उसका लागि ६०औं मिनेटमा माइकेन केन, ६५औं मिनेटमा एन्ड्रोस टाउनसेन्ड्स र ६६औं मिनेटमा डेमिराई ग्रेले गोल थपेका थिए । एभर्टन ४ खेलबाट १० अंकसहित चौथो स्थानमा छ ।

उता शीर्ष स्थानमा रहेका म्यानचेष्टर युनाइटेड, दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलको पनि समान चार खेलबाट १० अंक नै छ। ४ खेलबाट अझै जितविहिन बर्नली तालिकाको पुछारमा छ ।

प्रतिक्रिया