दोलखाका युवकले प्रेमिकाको अश्लिल फोटो र भिडियो खिचेर सार्वजनिक गरेपछि…


काठमाडौं – प्रेमिकासँगको अश्लिल फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरेको हो।

अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार पहिले प्रेमिकासँ सम्बन्धमा हुँदा खिचेको फोटो र भिडियो सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्ष्टाग्राममा पोष्ट गरेको कसुरमा जिरेललाई पक्राउ गरिएको हो।

जिरेलमाथि प्रेमिकाको मोबाइल समेत खोसेर फेसबुक र इस्ट्राग्राममा पोष्ट गरी चरित्र हत्या गरेको आरोप छ। उनलाई काभ्रेको पाँचखालबाट पक्राउ गरिएको एसपी कोइरालाले बताए।

उनीविरुद्ध विद्युतयि कारोबार ऐन कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया