युवराज लामाको होटलबाट ५ सहित ६ जना पक्राउ, नक्कली नोटका कारोबारी


काठमाडौं– बाराको निजगढस्थित होटल ‘तारा इन’बाट प्रहरीले ५ जना नक्कली नोटका कारोबारी पक्राउ गरेको छ। उक्त गिरोहकै अर्का एक सदस्यलाई भने रौतहटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उक्त होटल राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव तथा कलाकार युवाराज लामाको हो।

गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रौतहटबाट रकमसहित पक्राउ गरिएको थियो।

होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले विशेष व्युरोको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उक्त गिरोहले झन्डै ९३ लाख नक्कली रकम तयार पारेको प्रारम्भिक बुझाई छ।

घटनाको पूरा विवरण तयार भइरहेको र अभियुक्तलाई सार्वजनिक गरिने प्रहरी प्रवक्ता बसन्त कुँवरले बताए।

प्रतिक्रिया