

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं – आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
गत शुक्रबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ रहेको छ ।
यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार २० रुपैयाँले घटेर एक हजार १९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

