‘गुरिल्ला सभामुख’

गंगा चौधरी भन्छिन्– रोष्टममा पुगेको भए अर्थमन्त्रीलाई रोक्थें


काठमाडौं– सभामुख अग्नी सापकोटाले गुरिल्ला तरिकाले सदन चलाएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसदले भयानक दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्।

शुक्रबार प्रतिनिधि सभामा एमालेको विरोधका बाबजुद बजेट प्रतिस्थापन विधयेक प्रस्तुत गरिएकोप्रति टिप्पणी गर्दै सभामुखको कार्यशैलीले सदनमा दुर्घटना हुने एमाले सांसदको चेतावनी छ।

कार्य व्यवस्था समितिको बैठक समेत नराखी विधयेक ल्याएको र प्रमुख प्रतिपक्षीलाई कुनै पनि जानकारी नदिई सभामुख सापकोटाले छापामार गुरिल्ला शैली अपनाएको सांसद गोकुल बास्कोटाले बताए। उनले भने,‘सभामुखको कार्यशैलीमा एकरुपता आएन हामीले कारबाही गरेका सांसदको सूची किन टाँसिएन भन्ने कुरा हामीले सोधिरहेका छौं।’

एमाले सचेतक विशाल भट्टराईले त यहि पाराले सदनमा दुर्घटना हुने चेतावनी दिएका छन्। सांसद गंगा चौधरीले सभामुखले छापामार गुरिल्लाको काम गरेको भन्दै व्यवस्थापिका भनेकै थाहा नभएको बताइन्। विरोधबीच रोष्टमसम्म जान खोजेकी उनले भनिन्,‘त्यहाँ पुगेको भए अर्थमन्त्रीलाई रोक्ने थिएँ।’

प्रतिक्रिया