मध्यबानेश्वरको शंकास्पद वस्तु ‘बम’ नभएको पुष्टी


काठमाडौं – मध्यबानेश्वरको एक आँखा उपचार केन्द्रमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको थियो ।

अस्पतालको तेस्रो तलाको एक शौचालयमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको नेपाली सेनाको डिस्पोजल टोलीका एक सदस्यले बताएका छन् । शौचालयमा बम भेटिएको हल्ला चलेपछि केही समय उक्त वस्तुको निक्र्योल गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो ।

डिस्पोज गर्दा उक्त वस्तुमा एक मोबाइलमा तार जोडेर राखिएको जनाइएको छ ।

 

प्रतिक्रिया