

दर खाँदा स्वास्थ्यको ख्याल राख्न चिकित्सकाे सुझाव

काठमाडाैं – तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदैछ । विशेषगरी हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले तीजकाे व्रत बस्न दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
तीजको दिन निराहार ब्रत बस्ने परम्परा रहेकोले आडका लागि आज पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको हो । दर खाँदा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न जरुरी भएकाेले दरमा माछामासु र अन्य खानेकुरासँगै हरियो सागपात पनि खान डाक्टरले सुझाएका छन् । तीजका लागि धेरैजसो चेलीहरु माइत जान्छन् । नाचगानसहित तीज पर्व मनाइन्छ । ऋषिपञ्चमी मनाए पछि तीज सकिन्छ ।
तीजमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको भीड लाग्ने गरेको छ । तर पोहोर जस्तै यसपालि पनि कोरोनाको जोखिम कायमै रहेकाले भीडभाड नगर्न र आफ्नो परिवारमा मात्रै पर्वलाई सिमित राख्न डाक्टरले सुझाव दिएका छन् ।

