

लिपस्टिकको प्रयोग यसरी बन्छ क्यान्सरको कारण

काठमाडाैं – सुन्दर देखिन कसलाई मन हुँदैन र ! यहाँ हामी ‘लिपस्टिक’ काे बारेमा चर्चा गर्दै छाैँ । ओठलाई सुन्दर देखाउने हामीले दैनिक जिवनमा प्रयाेग गरिने साैन्दर्य सामाग्री हाे ‘लिपस्टिक’ ।
प्राय महिलाले प्रयोग गर्ने भनिए पनि पछिल्लाे समय यसकाे प्रयाेग पुरूषमा पनि बढ्दाे छ । पुरुषले प्रयोग गर्ने लिपस्टिक समेत बजारमा किन्न पाइन्छ । सुन्दरतालाई महत्व दिएर हामीले प्रयोग गर्ने लिपस्टिकले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ त ?
एक अध्ययन अनुसार लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको फेला परेको छ ।
लिपस्टिकमा सीसा (लिड)को प्रयोग हुन्छ । उक्त लिड मानवीय स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।
अमेरिकाकाे एउटा पत्रिकाले लिपस्टिकमा लिडको प्रयोगबारे अध्ययन गरेको थियो । अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।
नेपालमा पनि केही समय अगाडि सरकारले सौन्दर्य सामग्रीमाथि हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो । उक्त अधययनमा पनि लिपस्टिकमा धेरै मात्रामा सीसा (लिड)को प्रयोग हुने गरेको फेला परेको थियो ।
चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुन्छन् ।
साथै सीसाका कारण मानिसकाे सोच्ने र सिक्ने क्षमतामा समेत ह्रास आउन सक्छ । यदि तपाईं पनि दैनिक रुपमा लिपस्टिक प्रयोग गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस्, कतै सुन्दर बन्ने तपाईंको चाहना स्वास्थ्यका लागि खतरानाक साबित त भइरहेको छैन ?

