

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं – सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ ।बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।
सर्वोच्च अदालतले बिहीबार जारी गरेको एक अन्तरिम आदेशले संवैधानिक आयोगहरूमा गरिएका नियुक्ति सम्बन्धी रिट निवेदनहरूको सुनुवाइ अनिश्चित समयका लागि स्थगित हुने भएको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासले रेग्मीले दायर गरेको रिट निवेदनको टुंगो नलागेसम्म संवैधानिक नियुक्तिसम्बन्धि विवादका मुद्दाहरूमा सुनुवाइ नगर्न अन्तरिम आदेश जारी गरेको हो । जसका कारण संवैधानिक नियुक्तिसम्बन्धी विवादको सुनुवाइ अनिश्चित भएको छ ।

