कोरियन एम्बासडर तेक्वान्दो राष्ट्रिय खुला भर्चुअल भोलिदेखि


काठमाडौं – नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मुल आयोजक समितिका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जनाएका छन्।

३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडीले सहभागिता जनाउने छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेमा पदक जितेका प्रायः सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

तीनदिने प्रतियोगितामा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । व्यक्तिगत स्पर्धाको पुरुष/महिलामा ६–६ गरी १२, पेयर र टिममा समान ६-६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।

विगतमा भौतिक रुपमा प्रतियोगिता आयोजना हुँदै आएकोमा कोरोनो भाइरसको जोखिमलाई मध्यनगर गरी भर्चुअल रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया