भाडा बढाउन माग राख्दै यातायात व्यवसायी दोस्रो चरणको आन्दोलनमा


काठमाडौं – भाडा समायोजन र सार्वजनिक सवारी साधन सञ्चालनको पूर्वाधार निर्माण गर्नुपर्नेलगायतका माग राख्दै यातायात व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायातको भाडा एवं ट्याक्सीको सुरुआती कल समायोजन, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुटलगायतका माग अघि सार्दै दोस्रो चरणको आन्दोलन गरेको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पहिलो चरणको आन्दोलनमा आफुहरुले पटक पटक मागका बारेमा सरकारको ध्यानाकर्षण गराए पनि नसुनेपछि बाध्य भएर दोस्रो चरणको आन्दोलन गर्नु परेको बताए । उनले बिभिन्न निकायमा पुनः आफ्ना मागहरुको बारेमा जानकारी पत्र बुझाएर दोस्रो चरणको आन्दोलन गर्नु परेको बताए ।

भाडा समायोजन गर्दा बैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको तथा यातायात मजदुरले अझै पनि सहज रुपमा कोरोना खोप पाउन नसकेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया