प्रदेश २ मा जसपाका १० सांसदले रोजे लोसपा 


जनकपुरधाम – प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् ।

सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह छन् । बुधबार १० जनाले सनातखत गरेको र अन्यले भोलि पनि सनाखत गर्ने बताइएको छ ।

प्रतिक्रिया