

अढाइ महिनाकाे स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कंदै खनाल

काठमाडौं – अढाइ महिनाकाे दिल्ली बसाइपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल सोमबार (आज) स्वदेश फर्किने भएका छन्।
दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल फर्किन लागेका हुन् । उनी आज ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।
उनको भारतमा रहेको अपोलो अस्पतालमो मिर्गौला प्रत्यारोपण गरिएको थियो। डा. सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण गरेको हो।

