कांग्रेस महामन्त्री पदमा लड्ने गगन थापाको घोषणा, कुन प्यानलमा छ तयारी?


काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने युवा नेता गगन थापाले घोषणा गरेका छन्।

१३ औं महाधिवेशनमा उक्त पदमा पराजित भएका उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा भएको एउटा कार्यक्रममा सोमबार यस्तो घोषणा गरेका हुन्।

उनलाई सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका डा. शेखर कोइरालाले प्यानलमा राख्न खोजेका छन्। थापाको यो घोषणासँगै कोइरालाको प्यानलमा उनी आवद्ध भएको हुनसक्ने लख काटिएको छ। यसअघि उनी १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीका उम्मेदवार थिए।

थापा कोइराला प्यानलमा रहेको अर्को अनुमानचाहिँ रामचन्द्र पौडेललाई सभापतिमा उम्मेदवारी नदिनका लागि आग्रह गर्न जानु हो। उनले कोइरालासँगै अघिल्लो महिना पौडेलनिवास बोहराटार पुगी यस्तो आग्रह गरेका थिए।

प्रतिक्रिया