बुधबारसम्म मन्त्रिपरिषद विस्तार गर्ने सत्ता गठबन्धनको निर्णय


काठमाडौं– सत्ता गठबन्धनका ५ दलले बुधबारसम्म मन्त्रिपरिषद विस्तारको निर्णय गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मन्त्रिपरिषद विस्तारमा सहमत भएका हुन्।

जनमोर्चाले यसअघि नै सरकारमा सहभागी नहुने निर्णय गरेका कारण चार दलका तर्फबाट मन्त्रीको नाम पठाइनेछ। बैठकमा जयसिंह धामी प्रकरणमा सरकारको धारणा सार्वजनिक गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको छ।

यस्तै अघिल्लो सरकारले ल्याएको बजेट सच्याउने विषयमा पनि सहमति बनेको बताइएको छ।

प्रतिक्रिया