अफगानिस्तानमा आईएस विरुद्धकाे आक्रमणलाई निरन्तरता दिनेः अमेरिका


काठमाडाैं – अमेरिकाले अफगानिस्तानमा रहेका इस्लामिक स्टेट आईएस विरुद्धको आक्रमणलाई निरन्तरता दिने बताएको छ। काबुल विमानस्थलमा भएको आक्रमण पछि त्यहाँका आईएस विरुद्धकाे आक्रमणलाई निरन्तरता दिने अमेरिकाले जनाएको हो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले आईएसलाई परास्त गर्न दोस्रो अभियान सुरु गर्ने पनि बताएको छ। काबुल विमानस्थलमा हिजो फेरि विस्फोट भएको थियो । तर, त्यसअघि अमेरिकाले विस्फोटक सामग्री लोड गरिएको गाडीलाई निसाना बनाएर ड्रोन आक्रमण गरेको थियो ।

काबुल विमानस्थलमा आक्रमणका लागि लगिँदै गरिएको विस्फोटक सामग्री नष्ट गर्न र आत्मरक्षाका लागि आक्रमण गरेको अमेरिकाले पुष्टि गरेको छ । यसले आईएसबाट हुने सम्भावित आक्रमण टरेको पनि अमेरिकाले जनाएको छ ।

काबुल विमानस्थलमा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको ज्यान जाने गरी केही दिन अघि भएको आक्रमण पछि अमेरिकाले आईएस विरुद्ध गरेको यो दोस्रो आक्रमण हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा आक्रमण गर्नेलाई कुनै पनि हालतमा नछोड्ने बताएका थिए ।

प्रतिक्रिया