आठौं पटकको पेसीमा अफताब आलमको मुद्दा दुई ‘प्रकाश’को इजलासमा


काठमाडौं — नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा आज सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको उक्त मुद्दा यसअघि हेर्न नमिल्नेमा राखिएको थियो ।

यसअघि गत साउन २९ गते न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा परेको उक्त मुद्दालाई रेग्मीले हेर्न नमिल्ने भनेका थिए ।

शुक्रबारको समेत गरी हालसम्म ८ पटक पेसी तोकिएको उक्त मुद्दामा ५ पटकसम्म दुवै पक्षबाट गरी ५ पटक सम्म स्थगित गरिएको थियो भने १ पटक हेर्न नभ्याइनेमा गएको थियो । शुक्रबार भने इजलासको पहिलो नम्बरमै परेको हुनाले सुनुवाई हुने देखिएको छ ।

बिष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगमा जेल परेका आलमलाई जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

रौतहत जिल्ला अदालतको थुनामा रहेका आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । उक्त निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै उक्त मुद्दा सर्वोच्च आएको हो ।

प्रतिक्रिया