जब उनले विमानभित्रै चुरोट सल्काइन्…


काठमाडौं – अमेरिकाको फ्लोरिडामा एक महिलाले विमानभित्रै चुरोट सल्काएपछि हङ्गामा भएको छ । विमानबाट बाहिर आएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । हवाइ नियम नमानेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्पिरिट एयरलाइन्समा चढेकी एक महिलाले चुरोट सल्काएर छेउमा भएको यात्रुलाई फुकेर खराब व्यवहार गरेको आरोप लागेको छ ।

उनले विमान भित्रै चुरोट सल्काएर तानिन् र छेउमा भएको यात्रुलाई धुवा फुकेपछि यात्रुपनि प्रतिवादमा उत्रेका थिए । विमानमै विवाद शुरुभएपछि एयरपोर्टमा प्रहरी आइपुगेको थियो । एजेन्सी

प्रतिक्रिया