

युकेमा रहेका नेपालीले अब सिटी एक्सप्रेसमार्फत पैसा पठाउन सक्ने

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर र युकेको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अब युकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।
छिटै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जानकारी दिएको छ । साथै हरेक करोबारमा लाभार्थीलाई एसएमएसबाट जानकारी पनि गराइनेछ ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका तर्फबाट निर्देशक माइकल फायले हस्ताक्षर गरेका छन् ।

