अन्तरङ्ग तस्बिरले विवादमा आएकी सांसद बिमला ओली चार महिनादेखि घर गएकी छैनन्!

दुई नाबालक छोराहरूको सुरक्षाका लागि अदालतमा जेठाजुले दायर गरे मुद्दा


काठमाडौं– माओवादी कार्यकर्ता एकराज बस्नेतसँगको अन्तरङ्ग तस्बिर सार्वजनिक भएपछि विवादमा तानिएकी लुम्बिनी प्रदेशकी सांसद बिमला ओली चार महिनादेखि घर नगएको परिवारले दाबी गरेको छ।

उक्त तस्बिरका बारेमा भने बिमला र बस्नेतले पनि खण्डन गरेका छन्। यद्यपि, यसलाई कारणका रुपमा अगाडि सार्दै परिवारले नयाँ नयाँ तथ्य अगाडि ल्याएका छन्।

दुई छोरा रहेकी बिमला विवादमा तानिएपछि परिवारले यस्तो प्रतिक्रिया दिँदै अदालतमा मुद्दा समेत हालेको विवरण सार्वजनिक भएका छन्।

दुई नाबालक छोराहरु प्रणय र दिवाकर ओलीका तर्फबाट बिमलाविरुद्ध जेठाजु अमरबहादुर ओलीले जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका छन्। मुद्दा दायर गरेपछि बिमला चार महिनादेखि परिवारसँग सम्पर्कमा नरहेको तथ्य अगाडि आएको छ।

दाङ दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुरले ३ भदौमा हालेको मुदा अदालतमा ०७३–०७८–००३६२ नम्बरमा दर्ता रहेको छ। उत्तरकुमार ओलीले कमाएको सम्पत्ती बिमलाबाट सुरक्षित नहुने र दुई छोरा समस्यामा पर्ने भएपछि मुद्दा दायर गरिएको अमरबहादुरको निवेदनमा दाबी छ।

मुद्दा हाल्नुको कारण पनि पछिल्ला चरणमा समाचार र सामाजिक सञ्जालमा भएका चर्चा रहेको बताइन्छ।  दाङको क्षेत्र नं ३ ख बाट २०७६ सालमा भएको उपनिर्वाचनमा बिमला बिजयी भएकी थिइन्। पति उत्तरकुमारको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको ठाउँमा विमलालाई तत्कालिन नेकपाले उम्मेदवार बनाएको थियो।

प्रतिक्रिया