हेटाैंडाबाट १२ बुक ताससहित १५ जुवाडे पक्राउ


हेटौँडा – मकवानपुर प्रहरीले हेटौँडा वडा नम्बर-४ पारीजातपथबाट हारजित हुनेगरी तास खेलिरहेको अवस्थामा नगद सहित १५ जुवाडेलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक  ईन्द्र बहादुर राना, वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट, ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा संयुक्त रुपमा खटि गएको  प्रहरी टोलीले बिहीबार राति  हेटौँडा-४ पारिजातपथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलाईरहेको भन्ने सुचनाको आधारमा तास खेलिरहेको अवस्थामा  तिन लाख बत्तिस हजार आठ सय बयानब्बे रुपैयाँ सहित १५ जुवाडेलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट १२ बुक तास र ३१ वटा कौडा समेत बरामद गरेका छ । तास खेलाउने घरधनी फरार रहेको जनाइएको छ।  पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन,२०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। 

प्रतिक्रिया