गुल्मीमा जीप दुर्घटना, ५ को मृत्यु ३ घाइते


गुल्मी – गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिकाबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जीप वडा नम्बर ४ मा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको भने तीनजना घाइते भएका छन् ।

उक्त जिपमा जम्मा ९ जना रहेकोमा चालक सकुशल रहेको जनाइएको छ ।

दुर्घटनामा परेर इस्मा वडा नम्बर ४ का ३३ वर्षका धनबहादुर अछामी, ६५ वर्षका डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, मालिका गाउँपालिका वडा नम्बर ५ की करिब ८० वर्षिया सुन्दरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिँदै गरेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया