
९४ बर्ष पुगिन् मुमा वडामहारानी, जसले भिनाजुसँग बिहे गरी दिदीका सन्तान हुर्काइन्
काठमाडौं– मुमा वडामहारानी रत्न राज्यलक्ष्मी शाह शुक्रबारदेखि ९४ बर्ष पुगेकी छन्। राजा महेन्द्रकी दोस्री पत्नीका रुपमा दरबारलाई दरिलो बनाएर उभ्याएकी रत्नको जन्म ४ भदौ १९८५ सालमा भएको थियो।
महेन्द्र–रत्ने दाम्पत्य जीवन विस २००९ देखि २०२८ सालसम्म १९ वर्ष मात्र चलेको थियो। ५२ वर्षको उमेरमा महेन्द्रको स्वर्गारोहण भएपछि रत्न ४३ वर्षकी हुँदादेखि नै वैधव्य जीवन प्रारम्भ भएको थियो। कुनै नारीले विगत ५० वर्षदेखि एकल जीवन काटिरहनु आफैमा एक तपस्या रहेको बताइन्छ।
आफ्नी दिदीको असमय स्वर्गारोहण भएपछि भिनाजुको घर सम्हाल्न उनले महेन्द्रसँग विवाह गरेकी थिइन्। दिदीका ६ जना नाबालक सन्तानको लालन पालन र रेखदेख गर्नु रत्नको अनुपम योगदान रहेको बताइन्छ।
चर्चित राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र र धिरेन्द्रसहितका सबै सन्तान उनको निगरानीमा नै हुर्किएका थिए। नेपालको राजदरबार र राजसंस्थालाई गतिशील बनाउनका निम्ति रत्नको भूमिकालाई उल्लेखनीय मानिन्छ।



कागजपत्र |
