
तालिवानले नेटो गठबन्धनमा काम गरेकाहरुको किन गरिरहेछ खोजी ?
काबुल – अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान विद्रोहीहरुले पूर्ववर्ती सरकारहरु र नेटो गठबन्धनसंग काम गरेका ब्यक्तिहरुको खोजी शुरु गरेका छन् । घर घरमा पुगेर उनीहरुले पछिल्ला २० वर्षमा नेटो तथा पूर्ववर्ती सरकारसँग काम गरेका मानिसको खोजी थालेका हुन। विद्रोहीहरुले घर घरमा पुगेर धम्क्याउने गरेको दाबी विभिन्न गैरसरकारी संस्थाहरुले गरेका छन् ।
राष्ट्रसंघका लागि काम गर्ने नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिस लगायतका आइएनजीओहरुले यस अघिका संस्थापन र नेटोका सहयात्रीहरुलाई यस्तो धम्की दिएको दाबी गरेको हो । तालिवानले खोजी गरेका त्यस्ता मानिसको संख्या ठूलो रहेको र उनीहरु त्रासमा बाँचेको दाबी अर्को संस्था क्रिश्चियन नेलमनले गरेको छ ।
उनीहरुले आत्मसमर्पण नगरे उनीहरुलाई पक्राउ गरेर कारबाही गर्ने चेतावनी तालिवानले दिएको दाबी गरिएको छ । त्यस्ता सहयोगीहरुमाथि सामुहिक मृत्युदण्डको सजाय हुनसक्ने चेतावनी पनि ती संस्थाहरुले दिएका छन् । तालिवानले सत्ता सम्हाल्ने कोशिस गरिरहेको बेला उनीहरु विरुद्ध केही शहरहरुमा प्रदर्शन पनि भएका छन् ।
राजधानी काबुलमा राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा भएको छ भने अर्को शहर असावादमा पनि त्यस्तै प्रदर्शन भईरहेको छ । यसैबीच, केही दिन अघि अमेरिकी सैनिक विमानबाट खसेकामध्ये एक जना अफगानिस्तानको राष्ट्रिय फुटबल टीमका खेलाडी रहेको खुलासा भएको छ । एजेन्सी



कागजपत्र |
