
रेल्वे कम्पनीको महाप्रबन्धकमा युवा संघका केन्द्रीय उपाध्यक्ष झा नियुक्त
काठमाडौं – सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ ।
माधव नेपालका कार्यकर्ता समेत रहेका झा नेपाल पक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष समेत हुन् । बिहीबार बसेको मन्त्रीपरिषद्को नियमित बैठकले झालाई रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गरेको हो ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।
यसअघि बिहीबारकै मन्त्रिपरिषद बैठकले वागमती प्रदेश प्रमुखमा माधवपक्षीय यादवचन्द्र शर्मालाई नियुक्त गरेको थियो ।



कागजपत्र |
