कांग्रेस नेता गिरी गम्भीर बिरामी, मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार हुँदै


काठमाडौं — नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि एक साता अघि उपचारका लागि मुम्बई गएका गिरीको उक्त अस्पतालमा डाक्टर सुल्तान प्रधान नेतृत्वमा उपचार भइरहेको जनाइएको छ ।

गिरीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई जाँदैछन् ।

जनकपुरमा रहेका निधि आज जनकपुबाटै मुम्बई जाने तयारी गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले बताए ।

प्रतिक्रिया