प्रचण्डद्वारा पेस गरिएको विधानमा एमालेको नक्कल ! उपमहासचिव पद सृजना (पूर्णपाठ)


काठमाडौं – नेकपा माओवादी केन्द्रले संगठन विस्तारलाई प्राथमिकता दिएको छ ।

जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५२ पृष्ठ लामो विधान पेश गर्दै संगठनमा संरचनात्मक हेरफेरको प्रस्ताव ल्याएका हुन् ।

कतिपय केन्द्रीय नेताहरुले प्रचण्डले ल्याएको उक्त विधान एमालेले अपनाउँदै आएका केही प्रावधानको नक्कल गरेर बनाइएको आरोप पनि लगाएका छन् । अध्यक्ष दाहालद्वारा पेस गरिएको विधानमा पार्टीको उपमहासचिव पनि हुने नयाँ पद सृजना गरिएको छ ।

शनिबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ८ पृष्ठको राजनीतिक एवं सांगठनिक प्रतिवेदन समेत पेश गरेका छन् । तर उक्त प्रतिवेदनमा माओवादी शान्ति प्रक्रियामा आएयताको समग्र समीक्षा नआएको भन्दै प्रश्न उठाइएको छ ।

यसअघि शनिबार प्रचण्डले संगठन निर्माण, विस्तार एवं पुनर्ताजगीका लागि आगामी असोजदेखि पुससम्म वडास्तरीय सम्मेलन हुदै राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका थिए ।

छलफल एवं संशोधनका लागि पेस गरिएको विधानको पूर्णपाठः

 

प्रतिक्रिया