मैले जीवनकै ठूलो चुनौती स्वीकार गरेको छु : कुलमान घिसिङ


काठमाडौं – नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् ।

बुधबार उर्जा मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि प्राधिकरण केन्द्रीय कार्यालय पुगेका घिसिङले पदबहाली ग्रहणका क्रममा भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’

उनले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिइनेर र प्राधिकरणका कुनै काम गलत बाटोमा गएको भए सच्याउँदै लाने बताएका छन् ।

व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभएपनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उनले बताए ।

गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

 

 

प्रतिक्रिया